दफा १६६
सवारी धनी वा व्यवस्थापकले तिर्नु पर्ने
कुनै चालकले लापरवाही गरी वा बदनियत पूर्वक यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको उल्लङ्घन गरेकोमा बाहेक अन्य अवस्थामा यस ऐन बमोजिम त्यस्तो चालकले तिर्नु पर्ने जरिवाना, घा खर्च, कृया खर्च वा क्षतिपूर्तिको रकम सम्बन्धित सवारी धनी वा व्यवस्थापकले तिरी दिनु पर्छ ।